NE/Prabhupada 1070 - सेवा गर्नुनै जीवहरूको शास्वत धर्म हो
660219-20 - Lecture BG Introduction - New York
सनातन धर्मको अवधारणमा पहिला बताईएकोलाई अंकित ग्रदै भन्दैछु कि-- हामीले संस्कृत शब्दमा भनिएको धर्मको आधारभुत अर्थलाई लिएर मात्र धर्मको अर्थ बुझ्न कोसिस गर्नु उचित हुन्छ। यस्को मतलब त्यो हो जो कुनै बिशेष वस्तुसंग निर्नतर जोडिएको हुन्छ। हामीले पहिलानै ब्याख्या गरेका हौ कि जस्तै जब हामीले आगोको बारेमा कुरा गर्दा त्यस्मा तातोपन र उज्यालोपन हुन्छनै भनेर निस्चय हुन्छ। यदि आगोमा तातो र उज्यालो छैनभने त्यो शब्दको कुनै अर्थनै हुँदैन। यसैगरी हामीले कुनै पनि जीवको साथमा रहेको वास्तविक अंग केहो भन्ने पत्ता लगाउनु पर्दछ। जुन जीवको साथमा निरन्तर रहिरहन्छ त्यो नै हो त्यस जीवको शास्वात गुण। यसै गरि जीवको शास्वत अंग भई रहने गुणनै उस्को सनातन धर्म हो। स्वारुपको सम्बन्धमा जब सनातन गोस्वामीले भगवान चैतन्य समक्ष सोधेका थिए, जुन कुरा हामीले अघिनै जीवहरूको स्वारुपका बारेमा बताएका थियौ, स्वारुप अथवा वास्तविक सम्बैधानिक स्थिति जो जीवहरूको हुन्छ, त्यास बारेमा भगवानले जबाब दिनु भयो कि जीवहरूको सम्बैधानिक स्थितिनै पुरुषोत्तम भगवानको सेवा गर्नु हो। तर हामीले भगवान श्रीचैतन्यको यस उपदेशलाई नियालेर हेर्नुहो भने, प्रत्येक जीव सधैभरि आफुँ कुनै न कुनै अर्को जीवको सेवामा लागिरहेको पाउदँ छौ। एक जीवले अर्को जीवलाई बिभिन्न क्षमाताका अनुसारले सेवा गरिरहेको हुन्छ, अनि त्यसै गर्नाले त्यो जीवले आफ्नो जीवनको मजा लिईरहेको हुन्छ। पशुहरूले मानिसहरूको सेवा गर्दछन, अनि नोकरले मालिकको सेवा गर्दछ। भनौ न ए ले बीलाई, बीले सीलाई, सीले डीलाई यसै गरि सेवा एकले अर्कालाई गरिरहन्छन। परिस्थिति अनुसारले साथिले साथिलाई सेवा गरिरहेको देखिन्छ। आमाले छोराछोरीलाई सेवा गर्छिन, पत्निले पतीलाई या पतीले पत्निलाई सेवा हामीले यस्तो सेवा बिषयलाई लिएर खोज्दै जानु हो भने, हामीले जमाजमा एउटाले अर्कालाई सेवा नगरेको कहि पनि पाउदैनौ। नेताहरुले जनसमुदायमा योजना प्रस्तुत गर्दछन र भोट देनेहरूलाई आफ्नो सेवा गर्ने क्षमताको बारेमा बिश्वास दिलाउछन। यसै सेवाको आसाले मतदाताहरूले भोट दिन्छन, नेताहरूले समाजमा सेवा गरिदिन्छन भनेर। दुकानदारले ग्राहकको सेवा गर्दछन, कलाकारहरूले पुञ्जीबादीहरूको सेवा। शास्वत जीवको शास्वत् कृयकलापका अनुसारले नै हो पुञ्जीबादीहरुले आफ्ना परिवारको सेवा गर्दछन भने परिवारका सदस्यहरूले घरका प्रमुखको। यसै गरि हेरौ भने कुनै पनि जीवलाई छुटकारा छैन, अर्को जीवलाई सेवा गर्ने क्रममा। यसै सन्दर्भमा हामीले यो निर्कियोल गर्न सक्छौ कि जीवको साथ निरन्तर रहने सेवा मात्र त्यस्तो चिज हो, र कुनै पनि जीवले अर्को जीवको सेवा गर्नुनै त्यस जीवको शास्वत या सनातन धर्म हो भनेर निष्कर्ष निकालिन्छ। कुनै मानिसले कुनै पनि धर्ममा लागेको दाबी गर्छभने, त्यस समय र परिस्थिति अनुकुलमा भएको जन्मका आधारमा ऊस्ले आँफुलाई हिन्दु, मुस्लीम, कृष्टीयन, बुध्धीष्ट या कुनै पनि सम्प्रदाएको हुँ भन्ने दाबी गर्दछ, तर वास्तवमा त्यस्ता उप साखाहरू या पद चै सनातन धर्म होईन। कुनै एक हिन्दुले आफ्नो बिश्वासलाई बदलाएर मुस्लीम बन्न सक्दछ, या मुस्लीमले आफ्नो बिश्वासलाई छोडेर हिन्दु या कृष्चीयान बन्न सक्दछ, त र त्यस्तो कुनै पनि परिस्थितिमा धर्म या बिश्वासको परिबर्तनले कुनै पनि ब्यक्तिलाई अरू कसैको सेवा गर्ने जस्तो शास्वत लगानीलाई परिवर्तन गर्न मिल्दैन। हिन्दु होस या मुस्लीम या कृष्चीयान ऊ कसै न कसैको नोकर भएकै हुन्छ। यस्तै कुनै बिश्वासको भनाईलाई सनातन धर्म मानिन्दैन। त र जीवको साथमा निरन्तर रहिरहने सेवापन चै सनातन धर्म हो। वास्तवमा हामी सबै भगवानको साथमा सेवाको सम्बन्धका आधारमा सम्बन्धित रहेका छौ। भगवान पुरुषोत्तम नै हुनुँ हुन्छ भोग्ता। अनि हामी जीवहरू ऊहि भगवानका शास्वत् दास हौ। हामीहरूलाई ऊनैको सेवाका लागि बनाईएको हो। अनि हामीले पनि त्यहि शास्वत मनोरञ्जनमा भगवानका साथमा भाग लियौ भने, हामीलाई त्यसबाट खुशि मिल्छ। अरु कसैबाट होईन। स्वातन्त्र रुपले, जुन कुरा हामीले पहिलानै भनेका हौ, जस्तै हाम्रो शरिरको कुनै अंग- हात, गोडा, अौला अथवा कुनै पनि, यदि स्वातन्त्र हुँन चाहे भने, तिनीहरू पेटको साथमा सहमत नभए सम्म सुःख पाउदैनन। यसै गरि जीवहरू पनि भगवान श्रीकृष्णको प्रेममय सेवामा नलागे सम्म सुखिः हुनँ सक्दैनन। यसै गरि भगवत गीतामा देवीदेवताहरूको पुजा गर्न अनुमोदन गरिएको छैन, किन भने, भगवत गीताको सातौ अध्यायको बिसौ श्लोकमा भगवानले भन्नु भयो कि, कामैस्तस्तैर हृतज्ञानः प्रपदन्ते न्य देवताः कामैस्तस्तैर हृतज्ञानः जो पनि मोहमा ग्रस्त भएको छ तिनीहरूले मात्र भगवान श्रीकृष्णलाई छोडेर अन्य देवीदेवताहरूको पुजा गर्दछन।
- 1080 Nepali Pages with Videos
- Prabhupada 1070 - in all Languages
- NE-Quotes - 1966
- NE-Quotes - Lectures, Bhagavad-gita As It Is
- NE-Quotes - in USA
- NE-Quotes - in USA, New York
- NE-Quotes - Introduction to Bhagavad-gita As It Is
- Introduction to Bhagavad-gita As It Is in all Languages
- Nepali Language
- Pages with broken file links